बाढी/पहिरोबाट क्षति पुगेको पूर्वाधार बनाउन विश्व बैंकको २० अर्ब ऋण

बाढी/पहिरोबाट क्षति पुगेको पूर्वाधार बनाउन विश्व बैंकको २० अर्ब ऋण


काठमाडौं – बाढी र पहिरोबाट प्रभावित बनेको नेपालका लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँ) ऋण सहयोग गर्ने भएको छ । यही असोज ११ १२ गते आएको भिषण वर्षाका कारणले आएको बाढी र पहिरोमा परेर साढे २०० भन्दा बढीले ज्यान गुमाएका छन् । यस्तै १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारको आँकलन छ ।

यही समस्यासँग जुध्नका लागि विश्व बैंकले १५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने निर्णय स्वीकृत गरेको हो । विश्व बैंकद्वारा जारी प्रेस विज्ञप्तीअनुसार सो रकम बाढी र पहिरोबाट पुगेको क्षतिको पुननिर्माण र प्रभावित बस्ती व्यवस्थापनमा प्रयोग गर्नुपर्ने छ ।

विश्व बैंकले ऋण सहयोग गर्ने सो रकम नेपाल सरकारले आफ्नो अनुकुलताअनुसार चाहेको समयमा लिन पाउने व्यवस्था समेत गरिएको छ ।