दसैंको विदामा पनि रोकिने छैन पेट्रोलियम पदार्थको बिक्रीवितरण, प्रादेशीक कार्यालय र डिपो आलोपालो खुल्ने


काठमाडौं – दसैंको विदामा पनि नेपाल आयल निगमका डिपोहरु सञ्चालन हुने भएका छन् । अत्यावश्यक वस्तुहरुको सूचीमा रहेको पेट्रोलियम पदार्थको बिक्री वितरण नरोक्ने लक्ष्यसहित नेपाल आयल निगमले आलोपालो सेवा सञ्चालन गर्ने भएको हो ।

निगमले निकालेको सूचनाअनुसार दसैंको विदामा पनि पेट्रोलियम पदार्थको बिक्रीवितरण नरोकियोस भन्ने लक्ष्यसहित आलोपालो गरेर प्रादेशीक कार्यालय र डिपोहरु गरेर कूल १३ वटा कार्यालय खुल्ने र पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने जानकारी दिएको छ ।