दसैं बिदामा बैंक खुल्ने, कुन बैंकको कुन शाखाबाट सञ्चालन हुन्छ सेवा ?

दसैं बिदामा बैंक खुल्ने, कुन बैंकको कुन शाखाबाट सञ्चालन हुन्छ सेवा ?


काठमाडौं – अधिकांश बैंकहरुले दसैं बिदामा पनि बैंकिङ्ग सेवा दिने भएका छन् । बैंकहरुले सुचना नै जारी गरेर सार्वजनिक बिदामा पनि बैंकिङ्ग सेवा दिने जानकारी गराएका हुन् ।

अधिकांश बैंकले सार्वजनिक बिदा रहेको दिनहरु २४ गते फुलपाती, २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्धादशीका दिन बैंकिङ्ग सेवा दिने भएका हुन् ।

बैंकहरुले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै निश्चित शाखा कार्यालयहरुमा नगद कारोबार सञ्चालन हुने व्यवस्था मिलाएको जानकारी दिएका छन् । बैंकहरुले सार्वजनिक बिदा अवधिभर सबै शाखा नभई निश्चित शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्ने भएका हुन् ।

हेर्नुस् कुन बैंकको कुन शाखा खुल्छन् :