सानिमा बैंकको लाभांश घोषणा


काठमाडौं – सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।