प्रभु बैंकले दिँदैछ दसैं बिदामा पनि बैंकिङ्ग सेवा

प्रभु बैंकले दिँदैछ दसैं बिदामा पनि बैंकिङ्ग सेवा


काठमाडौं – प्रभु बैंकले दसैं बिदामा पनि बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै दसैं बिदामा पनि काउन्टर खुल्ला रहने जानकारी दिएको हो । बैंकले दसैं बिदामा सबै शाखा नभई केही निश्चित शाखा सञ्चालन गर्ने भएको हो ।

बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै निश्चित शाखा कार्यालयहरुमा नगद कारोबार सञ्चालन हुने व्यवस्था मिलाएको जानकारी दिएको छ । बैंकले १० बजेदेखि १:३० बजेसम्म कारोबार सञ्चालन हुने जानकारी दिएको छ ।

बैंकले असोज २६ गते शनिबार विजयादशमीको दिन बैंकिङ्ग सेवा समेत बन्द रहने बताएको छ । बैंकले दसैं बिदामा निक्षेप जम्मा गर्न सकिने, १ लाख सम्म चेक भुक्तानी, रेमिट्यान्स भुक्तानी रकम बढीमा २५ हजार गर्ने भएको छ । बैंकले रेमिट्यान्स भुक्तानी रकम २५ हजार भन्दा बढी रकमका लागि खाता खोली जम्मा गर्न सकिने उल्लेख गरेको छ ।