एकैदिन १२ अर्बले बढ्याे बैंकिङ्ग निक्षेप, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन १२ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको असोज २० गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २५ अर्ब निक्षेप संकलन भएको छ । असोज १९ गते भने बैंकिङ्ग प्रणालीमा ६५ खर्ब १३ अर्ब निक्षेप संकलन भएको थियो ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि १२ अर्बकै वृद्धि देखिएको छ । असोज १९ गते ५८ खर्ब ८७ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले २० गते ५८ खर्ब ९९ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा पनि वृद्धि देखिएको । असोज १९ गते ५२ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले २० गते ५२ खर्ब ६७ अर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि ७ अर्बले बढेको छ । गत १९ गते ४६ खर्ब ५६ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले २० गते ४६ खर्ब ६३ बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८ .१५ प्रतिशत कायम भएको देखाएको छ ।