बैंकका लगानीकर्तामाथि निर्मम बन्यो राष्ट्र बैंक, ०.५ प्रतिशत लगानी भएका शेयरधनीका परिवारले समेत ऋण नपाउने

बैंकका लगानीकर्तामाथि निर्मम बन्यो राष्ट्र बैंक, ०.५ प्रतिशत लगानी भएका शेयरधनीका परिवारले समेत ऋण नपाउने


काठमाडौं – नेपाल राष्ट्र बैंक बैंकका लगानीकर्तामाथि निर्मम बनेको छ । केन्द्रीय बैंकले संस्थाकोचुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी शेयर लिएका संस्थापक समूहका शेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएका शेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाइने निर्णय गरेसँगै लगानीकर्ता प्रति निर्मम देखिएको हो ।

‘यस बैंकले निर्देशन दिएकोमा बाहेक एक प्रतिशत भन्दा बढी सेयर धारण गरेका सेयरधनी र कर्मचारीले १० प्रतिशतभन्दा बढी सेयर लिई मताधिकार लिएको फर्म, कम्पनी वा संस्थालाई,) इजाजतपत्रप्राप्त संस्थाकोचुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका शेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन’ केन्द्रीय बैंकद्वारा जारी सर्कुलरमा भनिएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी शेयरधारण गरेका शेयरधनीहरुको विवरण अर्धवार्षिक रुपमा राष्ट्र बैंकमा पेस गर्नु पर्ने व्यवस्था गरेको छ । ‘चुक्ता पुँजीको ०।५ प्रतिशत भन्दा बढी सेयरधारण गरेका सेयरधनीहरुको विवरण इजाजतपत्रप्राप्त संस्थाले अर्धवार्षिक रुपमा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेस गर्नुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।