काठमाडौं – यस वर्षकाे पहिलाे त्रैमासकाे राजस्व संकलनकाे समयमा दसैं बिदा परेकाले बैंक तथा वित्तीय संंस्था बन्द हुने भएकाे छ। नेपाल राष्ट बैंकले आज एक सूचना जारी गर्दै यसपालि पहिलेको व्यवस्थाअनुसार कार्यालय वा शाखा कार्यालय पूर्णकालीन रुपमा खुला गरी सञ्चालन गर्न अनिवार्य नहुने व्यवस्था गरेकाे जानकारी दिएकाे हाे ।
राष्ट्र बैंकले २०७५ असार ६ गते जारी गरेको परिपत्रअनुसार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले वर्षभरि नै असोज, पुस, चैत र असार महिनाको अन्तिम साता २५ गते र सोपछि मसान्तसम्म शनिबार लगायत जुनसुकै बिदा परेपनि राजस्व बुझ्न प्रयोजनका लागि बैंकका शाखाहरु खोल्नुपर्ने व्यवस्था गरेको छ।
तर, यसपालि दसैं बिदा असोजको अन्तिम सातामै परेको छ। दसैं बिदा सकिएपछि असोज २९ र ३० गते कार्यालयहरु खुला रहने हुँदा पूर्णकालीन रुपमा खुला गरी सञ्चालन गर्न अनिवार्य नहुने व्यवस्था गरेकाे हाे ।
राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्था एवं नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गरी राजस्व बुझ्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको उक्त परिपत्रमा उल्लेख छ ।
प्रतिक्रिया