उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन


काठमाडाैं – मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो।

आयोगका सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल छन्।

आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रसँग सम्बन्धित विभिन्न पक्षसँग परामर्श समेत गर्नेछ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरी नेपालको अर्थतन्त्रलाई परिवर्तित समय अनुसार गतिशील बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिने विश्वास व्यक्त गरे।

अर्थ मन्त्रालयले १०० दिनमा सम्पन्न गर्ने कार्यको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने बुँदा पनि समावेश थियो । चालू आर्थिक वर्षको बजेटले पनि अर्थतन्त्रका समस्या समाधान गर्न आयोग गठनको प्रस्ताव गरेको थियो। आयोगले कार्यविधि आफैं बनाउनेछ।