काठमाडौं – सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी उपर जाँचबुझ गर्न गठित समिति रद्द गरेको छ।सरकारले २०७८ चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्न गठन गरेको समिति रद्द गर्ने निर्णय गरेको हाे ।
सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा समिति बनाएको थियो । समितिको सदस्यमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा थिए ।



About Us
प्रतिक्रिया