दसैंमा बैंकरहरुले कति दिन पाउँछन् बिदा ?

दसैंमा बैंकरहरुले कति दिन पाउँछन् बिदा ?


काठमाडौं – दसैंमा अधिकांश बैंकहरुले अनुकुलताअनुसार सेवाग्राहीलाई लक्षित गर्दै सेवा दिइरहेका हुन्छन् । यस वर्ष पनि बैंकहरुले धमाधम सेवा सम्बन्धी तालिका सार्वजनिक गरिरहेका छन् । पछिल्लाे समय बैंकिङ्ग सेवाहरू अपरिहार्य जस्तै बनेको छ । बैंकिङ्ग सेवा अपिरहार्य जस्तै बन्दा बैंक कतिदिन बिदा हुन्छ भन्ने किसिमकाे चासाे पनि बढेकाे छ ।

बैंकरहरूले कति बिदा पाउँछन् भन्ने निर्णय बैंकहरूले आन्तरिक रूपमा गरेका हुन्छन् । केन्दीय बैंकले बिदाकाे सबै अधिकार बैंकहरूलाई नै दिएकाे हुन्छ । बिशेष परिस्थिति बाहेक बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीले दसैं र तिहारमा १३ दिन बिदा पाउँछन् । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि दसैं तथा तिहारमा १३ दिन बिदा दिने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले गरेको व्यवस्थाका अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले दसैंमा ५ दिन बिदा पाउनेछन् । राष्ट्र बैंकले असोज महिनामा घटस्थापना सहित दशैंमा ६ दिन बिदाको व्यवस्था गरेको हो । असोज २४ गतेदेखि २८ गतेसम्म कर्मचारीले बिदा पाउनेछन्। असोज २९ गतेदेखि भने बैंक तथा वित्तीय संस्थाहरू खुल्नेछन् ।

राष्ट्र बैंकले तिहारमा पनि बिदाको व्यवस्था गरेको छ । तिहारमा कात्तिक १५ गतेदेखि १९ गतेसम्म कर्मचारीहरूले बिदा पाउनेछन् । कर्मचारीले तिहारमा पनि ५ दिन बिदा पाउनेछन् । राष्ट्र बैंकले कर्मचारीहरूका लागि छठ पर्वको दिन पनि बिदाको व्यवस्था गरेको छ । कात्तिक २२ गते छठ पर्वको बिदा दिएकाे छ ।