काठमाडौं – नेपाल राष्ट्र बैंकले दसैं तिहार छठ जस्ता नेपालीहरूको विशेष पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा वृद्धि गरेको छ । चाडपर्वका समयमा कारोबार धेरै हुने भएकोले राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो ।
यी ठुला चाडपर्वका अवसरमा अब प्राकृतिक व्यक्तिले एक दिनमा बढीमा ३० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्नेछन्। हाल एकदिनमा १० पटकसम्म वालेटमा रकम जम्मा गर्न पाउने प्रावधान रहेको छ।
केन्द्रीय बैंकद्वारा जारी परिपत्रमा उल्लेख भएअनुसार दसैंमा असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म, दीपावली (तिहार) तथा छठका अवसरमा कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्म यो सुविधा प्रदान गरिएको उल्लेख छ।
राष्ट्र बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्थाहरूलाई सोहीअनुसार गर्न गराउन परिपत्रमा निर्देशन दिइएको छ।



About Us
प्रतिक्रिया