लघुवित्त भनेको के–हो ? लघुवित्तबाट कति सम्म कर्जा पाईन्छ ?

लघुवित्त भनेको के–हो ? लघुवित्तबाट कति सम्म कर्जा पाईन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

लघुवित्त भनेको के–हो ?
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति, खासगरी महिलाहरूलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघुउद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघुकर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघुउद्यम तथा लघुव्यवसाय सञ्चालन गर्न निश्चित सीमासम्म धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरूको बचत संकलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ । 

नेपालभर हाल सम्म ६६ ओटा लघुवित्त रहेका छन् । नेपालको धेरै ठाउँ जहाँ बैंकको सुविधा नपुगेको स्थानमा पनि लघुवित्तहरु पुगेका छन् । जहाँ ‘क’, ‘ख’, ‘ग’ मा विभाजित बैंकहरुको शाखा नपुगेको क्षेत्रमा त्यहाँ ‘घ’ वर्गको बैंक पुगेको छ जसलाई लद्युवित्त भनिन्छ 

लघुवित्तबाट कर्जा लिन के–के प्रकिया पुरा गर्नु पर्छ ?

‘घ’ बर्गको बैंक अर्थात लघुवित्तले गाउँ घरमा एक समुह बनाएको हुन्छ, जसमार्फत ऋण मात्र लिन होइन कि, बचत पनि गर्न सकिन्छ । त्यस्तै, लघुवित्तले समूहको बचत मार्फत उठेको पैसाले नै ऋणीलाई ऋण उपलव्ध गर्ने गर्दछ भने नपुग ऋण लघुवित्तले उपलब्ध गराउने गर्छ । साथै, त्यस समुहमा बसेको सदस्यहरुलाई कम व्याजमा ऋण उपलव्ध हुन्छ, भने समूहमा नबसेको व्यक्ति वा संस्थालाई अलि बढी व्याजदर कायम गरेको हुन्छ । त्यसैले समूहमा नबसेको व्याक्तिलाई पनि लघुवित्तले ऋण उपलब्ध गराउने छ ।  

लघुवित्तले अहिले गाँउ घरमा रहेको समूहमा धितो विनाको ऋण उपलब्ध गर्दै आएको छ । यस्तो ऋण प्राप्त गर्नको लागि सो समूहको बैठक बसेर लघुवित्तले  समूहको जिम्मेवारीमा ७ लाख सम्म धितो लगानी गर्र्दै आएको छ । यस्तो रकम प्राप्त गर्नको लागि आफुले लगानी गर्ने क्षेत्रको बारेमा खुलाउनु पर्ने हुन्छ ।

कुन क्षेत्रको लागि पैसा चाहिएको हो, सो को आधारमा लघुवित्तले पैसा उपलव्ध गर्ने व्यवस्था रहेको छ । अथवा त्यस समूहको सदस्यहरुको साथै, लघुवित्तको कर्मचारीहरुले ऋणीको आवश्यकता हेरेर समुहमा उठेको पैसा लगानी गर्ने गर्छ । जसमा ऋणीको नागरिकताको फोटोकपी, सिफारितपत्र, कुनै फर्म भए त्यसको प्रमाणपत्रको प्रतिलिपी लगायत कागजपत्र राखेर  लघुवित्तले ऋण उपलव्ध गराउने छ ।