काठमाडौं – आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३७ अंकले बढेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २६ सय ९० अंकमा पुगेर रोकिएको छ । यो लगातार दोस्रो दिन आएको वृद्धि हो ।
यसअघि हिजो आइतबार नेप्से परिसूचक ५६ अंकले बढेर बन्द भएको थियो । आज लगातार दोस्रो दिन बजार बढेको दिन ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, आज १ करोड ५८ लाख कित्ता शेयर किनबेच भएको छ । यसक्रममा १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै २ वटा कम्पनीको शेयर मूल्य स्थिर कायम छ ।
बजारमा उत्साहजनक वृद्धि आउँदा आज वित्त समूह र उत्पादनमूलक समूहमा भने गिरावट आएको छ । उत्पादनमूलक समूहमा ९३ अंकको गिरावट आउँदा वित्त समूह २३ अंकले घटेको छ । यसबाहेक सबैजसो समूहमा वृद्धि आएको छ ।
बैंक समूहमा २९ अंकको वृद्धि आउँदा विकास बैंक समूह ६२ अंक बढेको छ । यस्तै होटल तथा टुरिजम समूह २२८ अंकले बढ्दा जलविद्युत समूह ३३ अंकले बढेको छ । यसैगरी, जीवन बीमा समूह १४४ अंक बढेको छ भने निर्जीवन बीमा कम्पनी समूहमा समेत ११४ अंकको वृद्धि आएको छ ।
शेयर बजार लगातार बढ्न थालेपछि यसअघि ३ हजार अंकको बिन्दुमा पुगेर सुरु भएको ‘करेक्सन फेज’ सकिएको जस्तो देख्न थालिएको छ । ३ हजार अंकको बिन्दुमा पुगेको बजार घटेर २४ सय अंकको बिन्दुसम्म आइपुगेको थियो । जसमा गत सातादेखि वृद्धि आउन थालेको थियो ।
प्रतिक्रिया