काठमाडौं – बाढी पहिरोको कारण हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । हालसम्म ७०९ वटा दाबी परिसकेको कम्पनीहरूले जनाइएको छ । हालसम्म २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँको दाबी परेको छ । आर्थिक मन्दी पश्चात लयमा आईरहेको बीमा क्षेत्रमा फरि पनि भार परेको नेपाल बीमा प्राधिकरणको निर्देशक शुसील देव सुवेदीले बताएका छन् । उनी भन्छन्,‘ हामीमा आएको दावी समयमा भुक्त्तानी हुन्छ ।’
तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशबाट दाबी पर्ने प्रारम्भिक सूचनाले देखाएको छ । सो प्रदेशबाट ६ अर्ब ९३ करोड रुपैयाँ बराबरको दाबी पर्ने तथ्यांक छ । हालसम्म बागमती प्रदेशबाट २ अर्ब ५८ करोड रुपैयाँको लिखित दाबी परी सकेको छ । १ हजार ७८८ वटा दाबी परेको प्राधिकरणले जनाएको छ । कोशीमा १६ करोड ९९ लाख, मधेशमा ७ करोड ५९ लाख, गण्डकीमा ४ करोड ६९ लाख, लुम्बिनीमा ५ करोड ७५ लाख र कर्णालीमा एक लाख रुपैयाँ बराबरको एउटा मात्रै दाबी परेको छ ।
कुन कम्पनीमा कति दाबी ?
सबैभन्दा धेरै भार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई पर्ने अनुमान गरिएको छ । सिद्धार्थ प्रिमियरलाई १ अर्ब ८१ लाख रुपैयाँ बढीको दाबी पर्ने अनुमान छ । यो कम्पनीमा ३१९ वटा दाबी पर्नसक्ने जनाइएको छ ।
यसैगरी, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १ अर्ब ४४ करोड १० लाख रुपैयाँ बढीको १४७ वटा दाबी परिसकेको छ ।
हिमालयन एभरेष्टमा १ अर्ब १७ करोड ४७ लाख रुपैयाँ बढीको २१६ वटा दाबी पर्ने अनुमान गरिएको छ भने नेको इन्स्योरेन्समा ८९ करोड ८४ लाख २७ हजार रुपैयाँको २२३ वटा दाबी परिसकेको छ ।
यसैगरी, शिखरमा ४६ करोड ५८ लाख ५१ हजार रुपैयाँको ३२२ वटा दाबी, नेशनल इन्स्योरेन्स कम्पनीमा २३ करोड ६६ लाख १३ हजार रुपैयाँको २५ वटा, आईजीआई प्रुडेन्सियलमा २० करोड ६४ लाख ४० हजार रुपैयाँको २४८ वटा दाबी र नेपाल इन्स्योरेन्समा १५ करोड २४ लाख ९६ हजार रुपैयाँको १२८ वटा दाबी पर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया