काठमाडौं – गत साता लगानीकर्तामा उत्साह भरेको शेयर बजारले यो साताको पहिलो कारोबारको दिन पनि उत्साहजन वृद्धि देखाएको छ । साताको पहिलो कारोबारको दिन आज आइतबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५६ दशमलव ०९ अंकले बढ्दै २६ सय ५३ दशमलव ०९ को विन्दुमा कायम भएको छ ।
आज २ सय २९ कम्पनी नाफामा जाँदा २३ कम्पनी घाटामा गएका छन् । आज दिनभरिमा १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर कारोबार हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज शेयर बजारका सबै उपसूचकहरुमा हरियाली छाएको छ ।
गत साताको बुधबार २६ दशमलव ०७ अंकले घटेरको बजारमा ६ अर्ब ७७ करोड रुपैयाँको मात्र कारोबार भएको थियो । गत साता समग्रमा शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ११० अंकको वृद्धि हुँदा २२ अर्ब १४ करोड बराबरको कारोबार भएको थियो ।
प्रतिक्रिया