बैंकिङ्ग समाचार, काठमाडौं ।
अमेरिकाले हतियार कार्यक्रमलाई सहयोग गर्न उत्तर कोरियाली साइबर ह्याकिङ समूहले सेवा प्रयोग गरेको भन्दै शुक्रबार एक ‘भर्चुअल करेन्सी’ ‘ब्लेन्डर डट आइओ’ विरूद्ध प्रतिबन्धको घोषणा गरेको अमेरिकी अर्थ विभागले बताएको छ ।
अमेरिकी अधिकारीहरूले भनेका छन्, “आभासी मुद्रा ‘मिक्सर’ मा अमेरिकी प्रतिबन्ध पहिलो हो र यसले विट क्वाइन र क्रिप्टोकरेन्सीजस्ता भर्चुअल मुद्रामा लेनदेन तथा सहभागीहरू लुकाउन प्रयोग गरिन्छ ।
अधिकारीहरूले उत्तर कोरियाद्वारा पृष्ट पोषण गर्दै आएको साइबर ह्याकिङ समूह लाजरस ग्रुपले अनलाइन खेल ‘अक्सी इन्फिनिटी’ बाट ६२ करोड अमेरिकी डलर चोरेको बताएका छन् । यसले अवैध कोषको दुई करोड ५० लाख गैरकानूनी कोषलाई वैध बनाउन २०.५ मिलियन अमेरिकी डलरभन्दा बढी पयोग गरेको आरोप लागेको छ ।
ब्लेन्डरलाई डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया (उत्तर कोरिया) द्वेषपूर्ण साइबर गतिविधि र चोरी भएको भर्चुअल मुद्रालाई शुद्धिकरण गर्न सहयोग गरेको आरोप अमेरिकी ट्रिजरी विभागले लगाएको छ ।
विभागले भनेको छ, “अमेरिका र संयुक्त राष्ट्रसंघद्वारा लगाएका कडा आर्थिक प्रतिबन्धपछि आर्थिक समस्यामा रहेको उत्तर कोरियाले आम विनाश र क्षेप्यास्त्र कार्यक्रमको गैरकानुनी हतियार निर्माणको लागि रकम जोहो गर्न क्रिप्टोकरेन्सी एक्सचेन्ज र वित्तीय संस्थाहरूबाट साइबर सेवाको दुरूपयोगलगायतका अवैध गतिविधिहरूको सहारा लिएको छ ।”
यसको उद्देश्य गोपनीयता बढाउनु भए तापनि ब्लेन्डरजस्ता अवैध संस्थाहरूले यसको प्रयोग गर्नेगरेका विभागले बताएको छ । ब्लेन्डरलाई पाँच करोड अमेरिकी डलरभन्दा बढी मूल्यको बिटकोइन स्थानान्तरण गर्न प्रयोग गरिएको अमेरिकाले बताएको छ । ब्लेन्डरले उत्तर कोरियालाई सहयोग गर्नुको अलावा यस सेवाले रूसी–लिङ्क भएका कुख्यात साइबर समूहहरूलाई पनि समर्थन गरेको दावी अमेरिकी अधिकारीले गरेका छन् ।
प्रतिक्रिया