काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूका लागि बिक्री गर्न लागेकाे शेयरको संख्या खुलाएको छैन ।
उक्त शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ । शेयर बिक्री गर्ने संस्थापकहरूको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले सूचना मार्फत् जानकारी दिएकाे छ ।
बैंकले तोकेको उक्त अवधिभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि कुनै पनि निवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।




About Us
प्रतिक्रिया