प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा साइमेक्स इंक दियो ५१ लाख

प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा साइमेक्स इंक दियो ५१ लाख


काठमाडौं – साइमेक्स इंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नेपालमा चिनियाँ विद्युतीय सवारी (वीवाईडी)को आधिकारिक बिक्रेता साइमेक्सले कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

साइमेक्सले प्रधानमन्त्री केपीशर्मा ओलीलाई कोषका लागि संस्थागत सामाजिक उत्तरदायीत्व (सीएसआर) अन्तरगर्त पैसा हस्तान्तरण गरेको जानकारी दिएको छ । कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले प्रधानमन्त्री ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।

प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गर्दै उनले देशमा परेको प्राकृतिक विपत्तीमा आफूहरु साथमा रहेको जानकारी दिइन् । उनले साइमेक्स इंकको सहयोगले बाढी र पहिरोबाट पिडितलाई पुनस्थापना र राहत वितरणमा सहयोग पुग्ने अपेक्षा समेत व्यक्त गरिन् ।