काठमाडौं – नेपाल एसबीआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख हस्तान्तरण गरेको छ । बैंकले यही असोज ११ र १२ गते आएको भिषण बाढीका कारण पुगेको क्षतीलाई मध्यनजर गर्दै कोषमा २५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाथिक उत्तरदायीत्व (सीएसआर) अन्तरगत कोषमा पैसा जम्मा गरेको जानकारी दिएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिपककुमार देले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया