काठमाडों – आज (असोज २० गते) आइतबारदेखि सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ । आजदेखि सञ्चालनमा आउन लागेकाे नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेन्ज ट्रेड्रिङ प्लेटफर्म लगायतका सुविधा रहेका छन् ।
यसमा शेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणहरूको कारोबार एक वा एकभन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने ब्रोकर्स एशाेसिएशनको भनाइ छ ।
मोबाइल एपसहितको यो प्रणालीले लगानीकर्तालाई कारोबार गर्न थप सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ । अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेशण गर्न सकिने गरी यस प्रणालीमा तथ्यांकहरु राखिने छन् ।
लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो पनि यसै प्रणालीमार्फत हेर्न पाउने व्यवस्था पनि रहने छन् । यसमा स्टप लस, टेक प्रोफिट, हाई फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापन लगायतका विशेषताहरु रहेकाले शेयर कारोबार निकै सहज हुने एशाेसिएशनको दाबी छ ।
प्रतिक्रिया