काठमाडौं – अघिल्लो साताको कारोबारमा हरेक दिन बढ्दै कीर्तिमानी राखेको सुनको मूल्यमा याे साता उतारचढाव कायम रह्यो । अघिल्लो साता २४ सयले बढेको सुनको मूल्यमा यो सातामा ७ सयको वृद्धि देखियो । साताको पहिलो कारोबारको दिन आइतबार प्रतितोला छ सय रुपैयाँ घट्दै सुरु भएको सुनको मूल्यले शुक्रबार १ सय रुपैयाँले बढ्दै उच्च मूल्यको कीर्तिमानी कायम राख्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म १ लाख ६१ हजार तीन सय रुपैयाँ पुग्यो । यो साताको आइतबार ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १ सय रुपैयाँले घट्यो ।
यस्तै, आइतबार र सोमबारका साथै मंगलबार पनि सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँको गिरावट देखियो । तीन दिनसम्म घटेको सुनको मूल्ये बुधबारदेखि शुक्रबारसम्म बढ्यो । बुधबार ८ सय रुपैयाँले बढेको सुनको मूल्य, बिहीबार र शुक्रबार १ सय रुपैयाँले बढ्यो ।
कुन दिन कति थियो सुनको मूल्य ?
आइतबार– १ लाख ६० हजार छ सय रुपैयाँ
सोमबार –१ लाख ६० हजार पाँच सय रुपैयाँ
मंगलबार– १ लाख ६० हजार रुपैयाँ
बुधबार– १ लाख ६० हजार आठ सय रुपैयाँ
बिहीबार – १ लाख ६० हजार नौ सय रुपैयाँ
शुक्रबार – १ लाख ६१ हजार तीन सय रुपैयाँ
प्रतिक्रिया