बोर्ड अध्यक्षको अन्तरवार्तामा सिफारिस समितिका संयोजक नै अनुपस्थित, प्रक्रिया अनिश्चितकालका लागि स्थगित

बोर्ड अध्यक्षको अन्तरवार्तामा सिफारिस समितिका संयोजक नै अनुपस्थित, प्रक्रिया अनिश्चितकालका लागि स्थगित


काठमाडौं – नेपाल घितो पत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी अनुपस्थित भएपछि स्थगित भएको हो ।

अधिकारी अस्वस्थ भएका कारणले समितिको बैठकमा अनुपस्थित भएको अर्थमन्त्रालयले जानकारी दिएको छ । नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये संक्षिप्त सूचीमा परेर यसअघि गयल भएका ३ जनाको अन्तरवार्ताको मिती आजलाई तय गरिएको थियो ।

अब अर्को सूचना जारी नभएसम्मका लागि यो प्रक्रिया स्थगित बनेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।