काठमाडौ–हिमालयन एभरेष्ट इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सीईओमा अञ्जु श्रेष्ठले सपथ तथा पद वहाली गरेकी छिन् ।
कम्पनी सञ्चालक समितिको असोज १६ गतेको निर्णयले श्रेष्ठलाई सीईओ पदको सपथ गराई आज असोज १८ गतेबाट लागू हुने गरी पद बहाली गरिएको हो। श्रेष्ठलाई ४ वर्षका लागि सीईओ नियुक्त गरिएको छ।
गत असार १३ गते सीईओ विजयबहादुर शाहलाई सञ्चालक समितिको बैठकले पदमुक्त गरेको थियो। त्यसपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो।
प्रतिक्रिया