काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को यसअघिको अन्तरवार्तामा अनुपस्थित भएकाहरुसँग अर्थमन्त्रालयले आज फेरी अन्तरवार्ता लिने भएको छ । यसअघि ‘म्याच फिक्सिङ’ भएको आरोप लगाउँदै अन्तरवार्तामा गयलहरुलाई अर्थमन्त्रालयले आज फेरी अन्तरवार्तामा बोलाएको हो ।
नेकपा एमोले र नेकपा माओवादीको सत्ता साझेदारी रहेको बेला सन्तोषनारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउन ‘फिक्सिङ’ भएको भन्दै सर्टलिस्टमा परेका ५ मध्येय ३ जनाले अन्तरवार्ता बहिस्कार गरेका थिए । तीनै ३ जनालाई आज मन्त्रालयले दोस्रोपटक बोलाएको हो ।
कानूनी व्यवस्थाअनुसार मन्त्रीपरिषद्को बैठकमा कम्तिमा ३ जनाको नाम सिफारिस गर्नुपर्छ । सोहीअनुसार ५ जना सर्टलिस्टमा परेका थिए । सर्टलिस्टमा परेकामध्ये ३ जना गयल भएपछि प्रक्रिया नै रद्ध भएको थियो ।
यसअघि मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै अन्तरवार्तामा गएका थिए । डा. नवराज दाहाल, चिरञ्जिवी चापागाईँ र कृष्णबहादुर कार्की अनुपस्थित बनेका थिए ।
प्रतिक्रिया