सार्वजनिक बिदाको दिन यी बैंकले दिदैछन् बैंकिङ्ग सेवा



काठमाडौं– घटस्थापनाको अवसरमा आज असोज १७ गते देशभर सार्वजनिक बिदा रहेको छ ।

बिदाका दिन समेत बैंकहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । सार्वजनिक बिदाको दिनपनि आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गर्ने भएका हुन् । बैंकहरुले सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत सेवा प्रदान गरिरहेका छन्।