काठमाडौं –नेपाल एसबीआई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले सिनियर म्यानेजरियल पोजिसन वरिष्ठ व्यवस्थापकीय पद मा एक जना कर्मचारी मागेको हो ।
सरकारी विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । सो पदका लागि वाणिज्य बैंकमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ ।
साथै, उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ४८ ननाघेको हुनुपर्नेछ । इच्छुक उम्मेदवारले कात्तिक १ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
प्रतिक्रिया