काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरुलाई २० अर्ब रुपैयाँ भुक्तानी दिएको दाबी गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले २०८१ असारमा १५ अर्ब मात्रै भुक्तानी पाएको बताइरहँदा अर्थमन्त्री पौडेलले करिब २० अर्ब रुपैयाँ भुक्तानी दिएको दाबी गरेका हुन् ।
बुधबार महासंघले बुझाएको भुक्तानीसहितका विभिन्न मागको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले भने,’व्यवसायीले १५ अर्ब मात्रै भन्नुहुन्छ तर, हामीले २० अर्ब भुक्तानी भएको पाएका छौं,’ उपप्रधानमन्त्री पौडेलले छलफलमा भने, ‘त्यो २० अर्बबाट व्यवसायीको भुक्तानी पूरै नसकिएको मलाई थाहा छ, सम्पन्न भएका कामको पैसा दिन सरकार लागिरहेको छ।’
साथै, अर्थमन्त्री पाैडेलले बजेट कार्यान्वयनी मार्गर्शन २०८१/८२ ले नसमेटेर व्यवसायीले भुक्तानी पाउन वञ्चित भएको विषयमा सरकारको जानकार रहेको बताएका छन्। अर्थमन्त्री पौडेलले मार्गदर्शनले नसेमटेर भुक्तानीबाट वञ्चित भएको अवस्थालाई सरकारले वैकल्पिक व्यवस्था गर्ने बताएका हुन्।
अर्थमन्त्री पाैडेलले भने,बजेट मार्गदर्शनको बुँदा ५० मा अघिल्लो आर्थिक वर्ष भुक्तानी दायित्व सिर्जना भएर बसेका आयोजनामा चालू वर्ष सोही शिर्षकमा विनियोजन भएको बजेटबाट भुक्तानी दिन मिल्ने व्यवस्था गरेको छ। तर, चालू वर्ष बजेट शीर्षक नै नभएका वा सोही शिर्षकमा बजेट विनियोजन नभएको र थोरै बजेट विनियोजन भई भुक्तानी गर्न अपुग भएमा के गर्ने ? उल्लेख छैन। जसका कारण व्यवसायी भुक्तानी पाउन सकेको छैनन्।
प्रतिक्रिया