काठमाडौं – मंगलबार उच्च अंकले बढेर लगानीकर्तामा उत्साह सिर्जना गरेको बजार आज पुनः दोहोरोहो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव ०७ अंकले घटेर २,५९७ को विन्दुमा कायम भएको छ ।
हिजो बजार आज १०४ अंकले बढेको थियो । बजार दोहोरो अंकले घटदा आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
आज फाइनान्स समूहको शेयर मूल्य १.७५ प्रतिशतले बढेको हो । अन्य १२ उपसूचक भने राताम्य भएका हुन् ।
प्रतिक्रिया