काठमाडौं – सानिमा जीआईसी इन्स्योरेन्सको असोज २३ गतेबाट ११ लाख बढी कित्ता शेयर बिक्रीमा राखिने भएको छ । कम्पनीको संस्थापक समूहको ११ लाख ३ हजार ४०५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो ।
लिलामीमा राखिने शेयरमा हाल कायम संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका बोलपत्र पेस गर्न पाउनेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक ५ गते तोकिएको छ ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेस गर्दा न्यूनतम ७ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया