काठमाडौं – पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरि एक्स्पो सम्पन्न भएको छ । ललितपुरको पाटन दरबार परिसरमा आयोजित समारोहबीच जेम्स एण्ड ज्वेलरि एक्स्पो सम्पन्न भएको हो ।
ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा भएको एक्सपोमा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागीता थियो ।
एक्सपोमा साँस्कृतिक, व्यापारिक, स्थानिय परिकार तथा पर्यटन प्रवद्र्धनात्मक गरी २५ वटा स्टलहरु थिए । र, ती स्टलहरुको माध्यमबाट स्थानीय उद्योग व्यवसाय लगायत नेपालमा पाइने खनिज सहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृतिहरु प्रदर्शन गरिएको जानकारी क्लबका अध्यक्ष सज्जु व्यञ्जनकारले दिए ।
समृद्धिका लागि सम्पदा संरक्षणु भन्ने मूल नाराका साथ आयोजित यस कार्यत्रमबाट धार्मिक, आध्यात्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुरको पाटन दरबार क्षेत्रको प्रचार प्रसार हुने अपेक्षा आयोजकको छ ।
साथै, यस क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचीन पहिरनहरुको पुनरावृत भइ आर्थिक गतिविधि समेत बढ्ने विश्वास आयोजकले लिएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा आयोजित यस एक्सपोको गत शुक्रबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री माननिय दामोदर भण्डारीले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया