काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज १०४ अंकले बढेको छ । साताको तेस्रो दिन आज मङ्गलबार परिसुचक ४.७५ प्रतिशतले बढेर बन्द भएको हो ।
परिसुचक उच्च अंकले बढेको दिन २६२३ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज २४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, समान १/१ कम्पनीको मूल्य घट्ने र बढ्ने भएको छ ।
बजार बढेसङ्गै आज ७ अर्ब ६१ करोड रुपैयाँ बराबरको १ करोड ७५ लाख कित्त शेयर किनबेच भएको छ । आज १८ वटा कम्पनीको शेयर मुल्य १० प्रतिशत बढेको छ । यस्तै, १८ वटा कम्पनीको मूल्य ९ प्रतिशत बढेको छ ।
प्रतिक्रिया