काठमाडौं – हाथवे इन्भेष्टमेन्टले कात्तिक २५ गतेलाई वार्षिक साधारण सभाको बैठक डाकेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई प्रस्ताव गरेको लाभांश वितरण प्रस्ताव पारित गर्ने लक्ष्यसहित साधारणसभा डाकेको हो ।
असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले कात्तकि २५ गतेलाई साधारण सभाको मिति तय गरेको जानकारी कम्पनीले दिएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
यही प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणमार्फत पारित गर्नेछ । यसका लागि कात्तिक ७ गतेलाई कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।
प्रतिक्रिया