२ करोड ३४ लाख कित्ता हकप्रद शेयर जारी गर्दै एलआईसी, धितोपत्र बोर्डले दियो स्वीकृति

२ करोड ३४ लाख कित्ता हकप्रद शेयर जारी गर्दै एलआईसी, धितोपत्र बोर्डले दियो स्वीकृति


काठमाडौं – नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै एलआईसी नेपालले हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई स्वीकृति दिएसँगै १ः०८८ अनुपातमा कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको हो ।

यससँगै कम्पनीले अब २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्नेछ । एलआईसीले बोर्डमा हकप्रद जारी गर्न स्वीकृति माग्दै आवेदन दिएको थियो ।

सोही आवेदनउपर निर्णय गर्दै बोर्डले यही १४ गते हकप्रद स्वीकृत गरेको हो ।