इन्टरनेट बैंकिङ्गः जति सहज उति नै चुनौती

इन्टरनेट बैंकिङ्गः जति सहज उति नै चुनौती


मनोज रेग्मी ।
बैंकिङ्ग क्षेत्रमा प्रविधिको प्रयोगले ठूलो चमत्कार नै ल्याएको छ । प्रविधिका कारण घरमै बसी–बसी सम्पूर्ण कारोबार गर्न सकिन्छ । पछिल्लो दशकमा बैंकहरुले शेयर कारोबार, बीमा सेवा तथा लगानीका विभिन्न क्षेत्र र बजारका अन्य सुविधाहरु पनि बैंकबाटै लिन सकिने आधुनिक प्रविधिहरु भित्र्याएका छन् । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न आधुनिक प्रविधिका कारण सहज बनेको छ । यसले गर्दा लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यकारी अवस्थाको उजागर गरेको छ । इन्टरनेट बैंकिङ्ग मार्फत विभिन्न ठाउँमा भुक्तानी, किनमेल गर्न सम्भव भएको छ । यसकारण विशेषगरी प्रदेश र स्थानीय तहमा हुने साना साना भ्रष्टाचार निर्मुल बन्ने देखिन्छ । पारदर्शीताको हिसाबले पनि यो अति नै अब्बल छ । प्रविधिबाट प्रयोग गरी गरिएको कारोबार पनि सवल र विश्वसनीय रहेको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी बताउँछन् । उनी भन्छन् ‘नेपालमा इन्टरनेट बैंकिङ्ग सेवा सुरु भएको धेरै भएको छैन ।

सुरक्षा संवेदशलितमा ध्यान नदिएको भए त त्यती छिटै अपराधी पक्राउ पर्दैनथ्यो । यस्ता घटनाहरु बैंकले छिटो थाहा पाएरै त हो । तर यस्ता घटनाबाट हामी सधैं सजग रहनपर्छ । सतर्कता अप्नाउनुपर्छ ।- गुणाकार भट्ट

तर, छोटै अवधीमा पनि यसले लोकप्रियता कमाएको छ । यो हाम्रा लागि अत्यान्तै खुशीको कुरा हो ।’ अहिले एटीएम कार्डमार्फत जुनसुकै समयमा पनि एउटा कार्ड छिराएको भरमा आफ्नो खाता रहेको पैसा निकाल्न सकिन्छ । यस्तै डेबिट र क्रेडिट कार्डमार्फत पनि पैसा निकाल्न र वस्तु सेवा खरिद गर्न सहज भएको छ । यसको प्रयोग गर्दा समयको बचत हुन्छ । पैसा निकाल्न लाइनमा बस्नु पर्दैन । साथै अहिले अधिकांश बैंकहरुले अनलाइन बैंक खाता पनि संचालनमा ल्याएका छन् । देश तथा विदेशमा रहेका ग्राहकहरुले अनलाइन बैंकिङ्ग मार्फत सजिलै खाता खोल्न सक्नेछन् । यस्तो प्रकारको खाता शुन्य मौज्दातमा खोल्न सकिने छ । ब्यालेन्स हेर्न, स्टेटमेन्ट हेर्न र प्रीन्ट गर्न, नयाँ चेक बुकको अनुरोध गर्न, हराएको चेक रोक्का गर्न, विभिन्न बीलहरुको भुक्तानी गर्न इन्टरनेट बैंकिङबाट सकिन्छ । बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल बैँकिङ कारोबार सुरु गरेका छन् । मोबाइल एप्लिकेशनहरु मार्फत मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कामहरु गर्न सकिन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुन्छ । पैसा ट्रान्सफर गर्ने, बिलहरु भुक्तानी गर्ने लगायतका सेवाहरु यस बैंकिङ्गमा उपलब्ध छ । गोजीमा बोक्ने पर्स जस्तै अब मोबाइलमा नै वालेट बोक्न मिल्ने भएको छ ।

कुनै पनि बैंकमा रहेको आफ्नो खाताबाट मोबाइल बैंकिङ्ग वा कार्डको माध्यमबाट वालेटमा पैसा राखी अनलाइन पेमेन्ट, रिचार्ज लगायतका सुविधा प्रयोग गर्न सकिन्छ । एसएमएस बैंकिङ्ग मोबाइल बैंकिङ्गकै एउटा रुप हो । यो सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई एसएमएसमार्फत विभिन्न जानकारी गराउने गर्दछन् । आफ्नो खातामा भएको कारोबार एसएमएसमार्फत जानकारी पाउने व्यवस्था यसमा हुन्छ । अहिले नेपालमा शाखारहित बैंकिङ्ग सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ्ग सेवा नै शाखारहित बैंकिङ्ग सेवा हो । अहिले बैंकहरुले रियल टाइममा नै खाता खोल्न मिल्ने गरी ब्रान्चलेस बैंकिङ्ग सेवा उपलब्ध गराउन थालिसकेका छन् । त्यती मात्रै कहाँ हो र पस मेसिनको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । यस्तो मेसिनहरु व्यापारिक केन्द्रहरुमा राखिएको हुन्छ । त्यहाँबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद पनि गर्न सक्छन । दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, सिनेमा हल लगायतमा यसको प्रयोग बढेको छ । यस्तै अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवं फछर्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि हो । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्र्याएको हो । यस्ता खाले सेवाले नेपाली बैंकिङ्ग क्षेत्रलाई शसक्त ढंगबाट अगाडी बढाएको छ । यसले गर्दा आम जनमानसलाई पनि अत्यान्तै सहज भएको छ । तर, यसमा वित्तिय  शक्षरताको कमीले गर्दा कतिपय जनताले यसलाई विश्वसनीय नमानेको पाइएको छ । यसको पनि विस्तारै विकास हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।  

कोरोना भाइरसका कारण लामो समय लकडाउनको अवस्था झेलेको नेपालको आर्थिक स्थिती उकास्न अब बैंक तथा वित्तिय संस्थाहरुले इनटरनेट बैंकिङ प्रविधि अप्नाइनुपर्ने मुक्तिनाथ विकास बैंकका कार्यकारी अधिकृत एवमं बैंकर प्रधुमन पोख्रेल बताउँछन् । उनी भन्छन्‘ यो बेलामा दैनिक कारोबार सञ्चालन गर्न अत्यान्तै कठिन छ । अझ नेपालमा प्रर्याप्त प्रविधिको विकास नभइसकेको हुनाले दैनिक जीवनका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न, फोनको बिल, विजुलीको बिललगाएतमा भुक्तानी गर्न कठिन छ । यस्तो अवस्थामा मोबाइल बैंकिङ अर्थात सामान्य भाषामा भन्दा मोबाइबाटै सम्पुर्ण कारोबार गर्न मिल्छ । यस्तो सुविधा यतिबेला मुलुकका लगभग सबै बैंक तथा वित्तिय संस्थाहरुले सुरु गरिसकेका छन् ।’

अनलाईन कारोबार गर्दा अत्यान्तै विश्वसनीय हुने बताउँदै उनले भने, ‘ अहिले मुलुकमा ३७ सय भन्दा धेरै एटीएम मेसीनहरु सञ्चालनमा छन् । यो संख्या भने हाम्रो मुलुकको लागि धेरै नै हो ।’ उनले राष्ट्र बैंकको तथ्याङकलाई केलाउँदै अहिले मुलुकमा ८७ लाखकको हारहारिमा इनटरनेट बैंकिङ कारोबार गर्ने रहेको  बताए । यसकारण नेपालमा अहिलेमात्र नभई पहिलेदेखि नै बैंक तथा वित्तिय क्षेत्र प्रविधिमैत्री  बनाउने प्रयास सुरु भएको र यो सबै नेपाली दाजुभाई दिदिबहिनी समक्ष पुग्ने उनले विश्वास व्यक्त गरे । नेपालमा अझै पनि डिजिटल प्रविधिबाट सामान खरिद गर्नेको संख्या अत्यन्त कम छ । यद्यपी फोन, इन्टरनेट र टेलिभिजनको बिल तिर्नको संख्या भने यतीबेला बढेको उनले जनाए ।

प्रविधिको प्रयोगमा ह्याकिङ्गको चिन्ता 

विगतको तुलनामा अहिले बैंकिङ क्षेत्र अहिले शसक्त ढंगबाट अगाडी बढेका छन् । बैंकमा अत्यान्तै पारदर्शीता कायम भएको छ । समस्या नआएका भने होइनन् । एटिएम ह्याकिङ देखि खाता नै स्वीफट गरेर पैसा चोर्ने कामहरु पनि भए । तर समयमानै अपराधीहरु पक्राउ परे । त्यसैले देखिएका समस्याहरु समयमा नै समाधान भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टले बताए । उनले भने, ‘सुरक्षा संवेदशलितमा ध्यान नदिएको भए त त्यती छिटै अपराधी पक्राउ पर्दैनथ्यो । यस्ता घटनाहरु बैंकले छिटो थाहा पाएरै त हो । तर यस्ता घटनाबाट हामी सधैं सजग रहनपर्छ । सतर्कता अप्नाउनुपर्छ ।’ उनीहरुले बैंक तथा वित्तिय संस्थाहरुलाई बारम्बार आइटी क्षेत्रमा लगानी गर्न पनि सुझाव दिएको बताए । अहिले विस्तारै बैंकहरुले पनि यसको कार्यनवयन गरेको पाइन्छ । यसलाई अझ सहज र सवल बनाउनको लागि बैंकहरुले राम्रा सफ्टवयरको प्रयोग गर्न जरुरी भएको उनले बताए । आम जनताले पनि आफुले कारोबार गर्ने पासवर्ड बलियो राख्न आम जनमानसलाई टिप्स दिए । उनले भने, ‘बैंकिङ्ग अपराध न्युनीकरणका लागि के वाइ सी फर्म अहिले अनिवार्य गरिएको छ । यस्ता खालका कुरामा ध्यान दिएमा आगामी दिनमा यसको न्युनीकरण गर्न सहज हुनेछ ।’

नेपालमा ८७ लाख भन्दा धेरैले इन्टरनेट मार्फत बैंकिङ कारोबार गर्ने गरेको राष्ट्र बैंकको पछिल्लो तथ्याङकमा देख्न सकिन्छ । यो तथ्याङक अहिलेको परिवेश र देशको समग्र परिपाटीलाई केलाउँदा अत्यान्तै राम्रो मानिन्छ । तर, वित्तिय शाक्षरताको कमी र इन्टरनेटका पहुँच नहुँदा अझै पनि आम नेपाली दाजुभाई दिदिबहिनी इन्टरनेटबाट कारोबार गर्न सक्ने अवस्था देखिँदैन । राष्ट्र बैंकले हरेक स्थानीय तहमा बैंक र अनलाइनमार्फत कारोबार गर्न सक्ने अभियान अगाडी सारेपनि सोही अनुसारको प्राविधिक ज्ञान नहुँदा इन्टरनेट कारोबार बढाउँन समस्या भएको बुझिन्छ । स्थानीय तहमा हुने साना पेटी करप्सन, हप्काई दप्काई असुलिने साना रकमहरु, अत्यान्तै साना कारोबारहरुमा अनलाईन कारोबार गर्दा अत्यान्तै पारदर्शी हुने आम जनमानसको अपेक्षा छ ।