दोहोरो रकमले बढ्यो शेयर बजार, कारोबार रकममा गिरावट

दोहोरो रकमले बढ्यो शेयर बजार, कारोबार रकममा गिरावट


काठमाडाैं – साताकाे पहिलाे काराेबारकाे दिन आइतबार दोहोरो अंकले घटेकाे शेयर बजारमा साेमबार दोहोरो अंककाे नै वृद्धि देखिएको छ। आज दिनभरिमा ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ ।

आज बजार बढेपनि कारोबार रकमा भने गिरावट देखिएको छ । हिजाे ४ अर्ब ५ करोड माथिको शेयर कारोबार भएकोमा आज कारोबार रकम ३ अर्ब ७१ करोडमा सीमित भएको हो । आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको १५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डका इकाईधनीले गुमाएका छन् । आज यस फन्डका इकाईधनीले ९ दशलमव ३६ प्रतिशतका दरले गुमाएका हुन् ।

बैंकिङ्ग समूहको १.१८ प्रतिशत, विकास बैंक समूहको १.९३ प्रतिशत, फाइनान्स समूहको ४.१९ प्रतिशत, होटेल तथा पर्यटन समूहको ३.२८ प्रतिशत, हाइड्रोपावर समहको १.२२ प्रतिशतले शेयर मूल्य बढेको हो ।