काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले मुलुकको विभिन्न स्थानमा रहेका १ सय ५८ स्थाानकाे सम्पति बिक्री गर्ने भएकाे हाे ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै देशभरीका १५८ स्थानको सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिणाममा छ, सोही अवस्था र परिणाममा बिक्री गर्ने भएको हो ।
सूचना अनुसार बैंकले मोरङ, चितवन, रौतहट, कास्की, काभ्रपलाञ्चोक, काठमाडौं, सिरहा, झापा, भक्तपुर, मकवानपुर लगायतका स्थानको सम्पत्ति बिक्रीमा ल्याएको छ ।
बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ। बैंकको केन्द्रिय कार्यालय, कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वरमा बोलपत्र आह्वान गरेको छ ।
प्रतिक्रिया