महालक्ष्मी विकास बैंकद्वारा चणिकलाल तामाङलाई सम्मान


काठमाडौं – महालक्ष्मी विकास बैंकले चणिकलाल तामाङलाई सम्मान गरेको छ । ललितपुर महानगरपालिका १३ नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ जनालाई उद्धार गरेका तामाङलाई बैंकले सम्मान गरेको हो ।

काभ्रेको तेमाल गाँउपालिका ९ घर भएका ३३ वर्षीय तामाङले बाढीले बगाएका २ जनालाई सकुशल उद्धार गरेका थिए । जोखिम मोलेरै तामाङले साहस, अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गरेका थिए ।

आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा तामाङको साहसलाई सम्मान गर्दै १ लाख रुपैयाँ नगद सहित सम्मान गरेको बैंकले जनाएको छ ।

यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ । ३० वर्षदेखि सेवा दिँदै आएको यस बैंकका देशभर १०३ शाखा कार्यालय र ८ लाख ग्राहक रहेका छन्।