माउन्टेन इनर्जीका प्रमुख कार्यकारी अधिकृतले दिए पदबाट राजीनामा

माउन्टेन इनर्जीका प्रमुख कार्यकारी अधिकृतले दिए पदबाट राजीनामा


काठमाडौं – माउन्टेन इनर्जी नेपालका प्रमुख कार्यकारी अधिकृत दामोदर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले भदौ ३१ गतेदेखि लागू हुने गरेर कम्पनीको सीईओको पदबाट राजीनामा दिएका हुन् ।

यससँगै कम्पनीको सञ्चालक समितिको ११५औं बैठकबाट श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । सञ्चालक समितिले मंसिर १ गतेदेखि लागु हुने गरेर सीईओ श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।