टेक्नोले ल्यायो स्पार्क ३० सी, मूल्य १६ हजार ४९० देखि सुरु

टेक्नोले ल्यायो स्पार्क ३० सी, मूल्य १६ हजार ४९० देखि सुरु


काठमाडौं – नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ । विशेष गरी जेन जी, कलेज विद्यार्थी, र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ ।

स्पार्क ३० सी को सुरुवाती मूल्य १६ हजार ४९० र मूल्य १९ हजार ९९० राखिएको छ । सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ, र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको छ ।

५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० एमएएच ब्याट्री, र १२० हर्ट्ज डिस्प्ले जस्ता विशेषताहरूले यो फोनलाई अझ आकर्षक बनाएको छ । साथै, थप आकर्षण यसको १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिन सम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी समेत रहेको छ ।

टेक्नो नेपालका नेशनल पार्टनर सन्तोष भण्डारीले भने, ‘स्पार्क ३० सीले हाम्रो नवीनता र स्टाइललाई नयाँ उचाइमा पुर्‍याएको छ । यो फोनले युवाहरूको जीवनशैलीसँग मेल खाने विशेषताहरूको संयोजन गरेको छ, जसले उनीहरूलाई भीडमा फरक पहिचान दिलाउँछ ।’

स्पार्क ३० सी को अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट, र म्याजिक स्किन ग्रीन रंगमा उपलब्धता रहेको छ । टेक्नो ७० भन्दा बढी देशमा संचालन हुने नवीन प्रविधिको ब्रान्ड हो ।