कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच छुट सम्झौता

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच छुट सम्झौता


काठमाडौं – चितवन, भरतपुर महानगरपालिका स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेड बीच छुट सम्झौता भएको छ । बैंक र कलेजबीच सेवाग्राही र कर्मचारीलाई छुट सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंककातर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र कलेजका निर्देशक डा. मनोहर प्रधानले हस्ताक्षर गरे । यससँगै, बैंकका कर्मचारी र सेवाग्राहीले कलेजमा पुगेपछि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

मेडिकल कलेजमा छुट पाउनका लागि सेवाग्राही र कर्मचारीले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नका लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीले परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खोल्ने कागजात अनिवार्य पेश गर्नुपर्नेछ ।