८ अर्ब रुपैयाँले घट्यो बैंकिङ्ग निक्षेप, लगानी बढेको हो ?

८ अर्ब रुपैयाँले घट्यो बैंकिङ्ग निक्षेप, लगानी बढेको हो ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा भारी रकमकाे वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको असोज १० गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ३२ अर्ब निक्षेप संकलन भएको छ । असोज ९ गते ६५ खर्ब २४ अर्ब संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग पणालीकाे निक्षेपमा एकैदिन ८ अर्बकाे वृद्धि देखिएकाे छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि वृद्धि देखिएको छ । असोज ९ गते ५८ खर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले १० गते ५८ खर्ब ७ अर्ब निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने बढेको छ । असोज ९ गते ५२ खर्ब ३३ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले १० गते ५२ खर्ब ३८ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन ।

यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि वृद्धि देखिएको छ । बुधबारसम्म ४६ खर्ब ३३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले बिहीबार ४६ खर्ब ३७ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.८० प्रतिशत कायम भएको देखाएको छ ।