युक्रेनको खेरसोन शहरमा आजबाट रुसको पैसा चल्नेः रुसी अधिकारी

 युक्रेनको खेरसोन शहरमा आजबाट रुसको पैसा चल्नेः रुसी अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
रुसले दक्षिणी युक्रेनको खेरसोन शहर कव्जा गरेको दाबी गरेको छ । अब यो शहरमा आज देखि रुसको मुद्रा रुबलको प्रयोग गर्न थाल्ने रुसले भनाई रहेको छ । 
रुसको आधिकारिक मिडिया रिया नोवोस्तीलाई उद्धृत गर्दै आज बाट युक्रेनको यो शहरमा रबलमा लेनदेन सुरु हुने जनाएको हो । 
यो क्षेत्रमा मिलिट्रि–सिभिल एडमिनिस्ट्रेशनका उपाध्यक्ष किरिल स्टिमोसोवले रियो नोवोस्ती सँगको कुराकानीमा संक्रमणकाल चार महिनासम्म रहनेछ र यतिवेला रुसको रुबल र युक्रेनको मुद्रा हर्विनियामा कारोबार हुनेछ । 
चार महिनापछि भने यस प्रान्तमा रुसको मुद्रामा मात्रै कारोबार हुने बताएको छ ।