दोहोरो अंकले घट्दै सुरु भयो यो साताको शेयर बजार, कारोबार रकम ४ अर्बमा सीमित

दोहोरो अंकले घट्दै सुरु भयो यो साताको शेयर बजार, कारोबार रकम ४ अर्बमा सीमित


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएकाे छ । आज शेयर बजार नेप्से परिसूचक २२ दशलमव ३६ अंकले घटेर २,४६४ को विन्दुमा कायम भएको छ । आज ४६ कम्पनीको शेयर मूल्य बढ्दा १९३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

आइतबार १२ उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.८९ प्रतिशत, फाइनान्स समूहको १.९१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४७ प्रतिशतले शेयर मूल्य घटेको छ ।