काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौंको कमलपोखरीमा रहेको केन्द्रीय कार्यालय, विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल र सुर्खेतमा गरी देशभर ६ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरू गरी ३९२ जनाले रक्तदान गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सञ्जीव मानन्धरले मानव जीवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।
उनले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।



About Us
प्रतिक्रिया