रुरु हाइड्रोपावरले डाक्यो साधारणसभा, लाभांश वितरणदेखि हकप्रद जारीसम्मको प्रस्ताव लैजाँदै

रुरु हाइड्रोपावरले डाक्यो साधारणसभा, लाभांश वितरणदेखि हकप्रद जारीसम्मको प्रस्ताव लैजाँदै


काठमाडौं – रुरु जलविद्युतले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरणका लागि वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकबाट लाभांश वितरणको लक्ष्यहित हेकप्रद जारी गर्नेसम्मको योजना पारित गर्नका लागि वार्षिक साधारणसभा डाकेको हो ।

कम्पनीको १९औं वार्षिक साधारणसभाको बैठकबाट लगानीकर्ताका लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित हुनेछ । यस्तै कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांशको वितरण प्रस्ताव समेत साधारण सभाले पारित गर्नेछ ।

यसबाहेक कम्पनीको ५१ प्रतिशत शेयर स्वामित्व रहेको सुम्निमा हाइड्रोपावरमा लगानी गर्नका लागि १ः०ः८० अनुपातमा हकप्रद शेयर वितरणको प्रस्ताव समेत पारित गर्नेछ ।