बाढी/पहिरोको कहर: ‘प्राइममिनिस्टर रिलिफ फन्ड’मा सिटिजन्स बैंकको २५ लाख

बाढी/पहिरोको कहर: ‘प्राइममिनिस्टर रिलिफ फन्ड’मा सिटिजन्स बैंकको २५ लाख


काठमाडौं – देशभर बाढी र पहिराले ठूलो क्षती पुर्याउन थालेपछि सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार रातीदेखि सुरु भएको अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी र पहिरोले धनजनको क्षति भइरहेको छ ।

देशव्यापीरुपमा आपतकालिन स्थिती आएपछि बैंकले कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेको हो । यो रकमबाट देशभर आइरहेको बाढी र पहिरोमा परेकालाई उद्धार गर्न सहयोग पुग्ने अपेक्षा बैंकको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आपतकालिन स्थितीमा आफ्नो बैंकले हातेमालो गर्ने निर्णयसहित कोषमा रकम जम्मा गरेको बताए ।

यो रकमबाट बाढी र पहिरोमा परेकाहरुको उद्धार र बेपत्ताहरुको खोजी गर्न सहजीकरण हुने बैंकको भनाई छ ।