आरएमडिसी लघुवित्तको खुद नाफा साढे २६ करोड माथि

आरएमडिसी लघुवित्तको खुद नाफा साढे २६ करोड माथि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्ममा २६ करोड ५९ लाख ६६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो आवको यसै अवधिमा १७ करोड ५३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ५१.७० प्रतिशतले बढेको हो । यस्तै कम्पनीको सञ्चालन नाफा ५२.३१ प्रतिशत वृद्धि भएर ३७ करोड ९७ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रहेको लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २८.५७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङमा ९६ करोड ४३ लाख र जगेडा कोषमा १ अर्ब ३ करोड ३९ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा रिटेन्ड अर्निङ ११.४७ प्रतिशत बढेको छ भने जगेडा कोष ८.१५ प्रतिशत घटेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.०६ प्रतिशत, मूल्य आम्दानी अनुपात ३६.४८ प्रतिशत र कोषको लागत ४.४८ प्रतिशत छ ।

चैत मसान्तसम्ममा कम्पनीले २७ करोड ३६ लाख रुपैयाँ सापटी लिएर लघुवित्त कम्पनीहरुलाई ११ अर्ब ८९ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले ४४ करोड ७० लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको निक्षेप २.०७ प्रतिशतले बढ्दा कर्जा सापटी २३.४९ प्रतिशत घटेको छ ।

अघिल्लो आवको यसै अवधिमा लघुवित्तले ३० करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।