इलोन मस्कः ट्विटर कम्पनी किन्ने सहमतिपछि टेस्ला कम्पनीको झन्डै चार अर्ब डलरको शेयर विक्री

इलोन मस्कः ट्विटर कम्पनी किन्ने सहमतिपछि टेस्ला कम्पनीको झन्डै चार अर्ब डलरको शेयर विक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।   
टेस्ला कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले उक्त कम्पनीको झन्डै चार अर्ब डलर बराबरको शेयर बेचेका छन्।

चवालीस अर्ब डलरमा ट्विटर किन्ने सहमति गरेको दुई दिनपछि मस्कले आफ्नो विद्युतीय कार उत्पादक कम्पनीको शेयर ठूलो परिणाममा बेचेका हुन्।

प्राप्त रकम उनले ट्विटर किन्न प्रयोग गर्ने अनुमान गरिएको छ।

सोमवार ट्विटरको सञ्चालक समितिले मस्कले गरेको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको थियो।

मस्कले बेच्ने अनुमानका कारण यो साता टेस्लाको शेयरको मूल्य घटेको थियो।

यद्यपि उनले अरू शेयर बेच्ने योजना नभएको भन्दै ट्वीट गरेका छन्।

अमेरिकी सरकारी निकायको अभिलेखअनुसार मस्कले मङ्गलवार र बुधवार टेस्ला कम्पनीका कुल ४४ लाखवटा शेअर बेचेका छन्।

शेयर बजार बन्द भएपछिको किनबेचमा टेस्लाको शेयरको मूल्य २.६ प्रतिशतले घटेको थियो।

गत वर्ष नोभेम्बरमा मस्कले १६.४ अर्ब डलरको शेयर बेचेका थिए। त्यसपछि अहिले उनले पहिलो पटक टेस्लाको शेयर विक्री गरेका हुन्।

गत वर्ष उनले आफ्ना फलोअरलाई ट्विटरमा के आफूले टेस्ला कम्पनीको १० प्रतिशत हिस्सा बेच्दा हुन्छ भनेर प्रश्न सोधेका थिए।

मस्कले ट्विटरमा ९.२ प्रतिशत लगानी गरेको सार्वजनिक भएपछि यो महिनाको सुरुतिर टेस्लाको शेयर मूल्य झन्डै २० प्रतिशत ले घटेको थियो।

ट्विटरको सञ्चालक समितिले मस्कको स्वीकार गरेपछि मङ्लवार मात्र टेस्लाको शेयरको बजार मूल्य १२५ अर्ब डलरभन्दा बढीले घटेको थियो।

४४ अर्ब डलर तिर्नुपर्ने किनबेचमा मस्कले आफ्नो सम्पत्तिबाट २१ अर्ब डलर दिने वाचा गरेका छन्।

ट्विटर किन्न मस्कले टेस्लाको शेअर बेच्नु पर्ने हुन्छ भन्ने आकलन लगानीकर्ताहरूको थियो।

मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति हुन्। उनीसँग झन्डै २५० अर्ब डलरजतिको सम्पत्ति छ। अधिकांश सम्पत्ति उनले टेस्लामा भएको हिस्साबाट आर्जन गरेका हुन्।

रकेट कम्पनी स्पेसएक्समा उनको ४० प्रतिशत हिस्सा छ। त्यो झन्डै १०० अर्ब डलरजतिको भएको अनुमान गरिएको छ।
वीवीसी