संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीकाे सम्बाेधन, दिगो विकासको लक्ष्य भेट्न अर्बौ डलर चाहिन्छ

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीकाे सम्बाेधन, दिगो विकासको लक्ष्य भेट्न अर्बौ डलर चाहिन्छ


काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल सन् २०२६ देखि विकासशील मुलुकको सूचीमा अपग्रेड हुन लागेको बताएका छन् । संयुक्त राष्ट्र संघको ७९औं महासभामा बोल्दै प्रधानमन्त्री ओलीले २०२६ देखि नेपाल ‘एलडीसी ग्य्राजुयट’ बन्न लागेको बताएका हुन् ।

एलडीसीपछि सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने लक्ष्य नेपालले लिएको प्रधानमन्त्री ओलीले जानकारी गराए । यस्तै सन् २०४३ सम्ममा विकासशीलबाट विकसित मुलुक बनिसक्ने लक्ष्य नेपालको रहेको उनको भनाई छ ।

तर, दिगो विकासको लक्ष्य हासिल गर्ने नेपालको योजनामा लगानीको अभाव देखिएको प्रधानमन्त्री ओलीले बताए । २०३० मा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि कम्तिमा २४ बिलियन अमेरिकी डलर लगानीको आवश्यक्ता छ ।

यसका लागि नेपाललाई अन्तर्राष्ट्रिय विकास साझेदारको निरन्तरको साथ र सहयोग चाहिने प्रधानमन्त्री ओलीको भनाई छ । यतिबेला जलवायु परिवर्तनले नेपालसहित विश्वलाई सताइरहेको छ । यसमध्ये नेपाललाई जलवायु परिवतर्नले धेरै नै सताएको उनको भनाई छ ।

‘नेपाल जलवायु परिवर्तनको असरबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुकको सूचीको २०औं स्थानमा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा हिमाल पग्लिरहेका छन् । हाम्रो हिमालयमा रातो बत्ति बलिरहेको छ ।’ जसकारण हिमालय क्षेत्र हिउँविहीन बन्न थालेका छन् ।